म्याग्दी । बाटो पुगेको (ट्रयाक खुलेको) दुई दशक (२० वर्ष) पछि म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्र सडकले जोडिएको छ ।
२०६३ सालमा ट्रयाक खुलेको बेनी –दरबाङ सडक अन्तर्गतको बेनी–बाबियाचौर खण्ड कालोपत्रे भएको हो ।
२४ किलोमिटर दुरीको बेनी –दरबाङ सडकको बेनीदेखि वावियाचौरसम्मको १७ किलोमिटर सडक कालोपत्रे भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । सडक कालोपत्रे नहुँदा बाबियाचौरदेखि बेनी पुग्न डेढ घण्टा लाग्ने गर्दथ्यो । सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका वासिन्दाहरु लाभान्वित भएका छन् । दरबाङसम्म कालोपत्रेको काम छिटो सम्पन्न गराउन निर्माण कम्पनिलाई दवाव दिन स्थानीयले माग गरेका छन् ।
दुई वर्षअघि बेनी बजार देखि १२.५ किलोमिटर मंगला गाउँपालिका–२ सिममा पुगेको कालोपत्र सडक यस वर्ष पूर्वाधार विकास कार्यालयले विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुँदै रणवाङको सिमानामा पु¥याएको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठसय मिटर सडक कालोपत्र गर्न वि.सं. २०७८ पुष १८ गते अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । बेनी–दरबाङ सडकको आठ किलोमिटर खण्ड कालोपत्रे गर्न बाँकी रहेको छ ।
बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङ (करिव ७ कि.मि) को कालोपत्र योजनाको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन भएका छन् । सडकको बाँकी अन्य खण्डको कालोपत्रे भइसकेको अवस्थामा पूर्वाधार कार्यालयबाट केही रकम निकासा भएपछि बेपत्ता भएका हुन् । ठेकेदारले विभिन्न बाहना र शक्ती केन्द्रको पहुँच देखाउँदै आएका स्थानीयले बताएका छन् ।
यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा–क्याराभान जेभीले वि.सं.२०७६ साल जेठ ३१ लिएको थियो । ठेकेदारको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु,यातायात व्यवसायी र स्थानीयबासी सास्ती पाउने गरेका छन् ।
मङ्गला गाउँपालिका–२,रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ६.८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पुर्वाधार विकास कार्यालय म्याग्दी विच २२ करोड ५७ लाख ९३२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कार्यालयका अनुसार,आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ । गत चैत–वैशाखदेखियता निर्माण व्यवसायी निर्माण आयोजना स्थलमा देखिएका छैनन् ।
बेनी–बाबियाचौ खण्डा कालोपत्र भएपछि यात्रा सहज, सुरक्षित र अवधी छोटिएको मंगला गाउँपालिका–५ छिस्वाङका विकल सेनले बताए । ‘कच्चि सडक हुँदा बाबियाचौर देखि बेनी पुग्न १ घण्टा ३० मिनेट लाग्ने गरेको थियो,कालोपत्र भएपछि बाबियाचौर देखि २० मिनेटमै बेनी पुग्न सकिने भएको छ’ उहाँले भन्नुभयाे ।
सडकलाई ८ मिटर फराकिलो बनाएर र ७ मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिएको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधि डम्मर सापकोटाले बताए । तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुको बिवादले करिब एकसय मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रुप दिन नपाएको उनको भनाइरहेको छ ।
बिरुवा–क्याराभान जेभीले वि.स. २०७६ असार ३१ गते रु. २२ करोड ५७ लाख ९३२ मा ठेक्का लिएको बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मंगला गाउँपालिका–२ लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किलोमिटर सडक निर्माणको काम भने अधुरो रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच