काठमाडौं । ‘मिस एण्ड मिस्टर जुनियर एण्ड सिनियर आइडल-२०२४’मा एउटै स्टेजमा चार शीर्ष उपाधि घोषणा गरिएको छ । स्पार्कल इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित यस प्रतियोगितामा सिनियर र जुनियर र जुनियर ‘बी’ र ‘मिस्टर जुनियर’ गरी चार शीर्ष विजेता घोषणा गरिएको हो ।
प्रतियोगिताको यस पहिलो सिजनमा जुनियरतर्फ रियान्सु दाहालले शीर्ष उपाधि जित्नुभएको छ । यस्तै, जुनियरतर्फ फष्ट रनअप र सेकेण्ड रनरअप क्रमशः सुप्रिया उप्रेती र तेजस्वी केसी हुनुभयो । तेजस्वीले पब्लिक च्वाइज सबटाइटलसमेत प्राप्त गर्नुभयो ।
यस्तै, जुनियर ‘बी’ समूहमा पूर्णिमा थापा बन्नुभयो भने भार्गवी शर्मा फष्ट रनरअप तथा इनिका काफ्ले सेकेण्ड रनरअप हुनुभयो । त्यस्तै, सिनियरतर्फ सृष्टि बमजन विजेता बन्नुभयो । फष्ट रनरअप नुमा राई तथा सेकेण्ड रनरअप पलेस्वा रघुवंशी हुनुभयो । यस्तै, प्रतियोयितामा अनमोल उप्रेतीले ‘मिस्टर जुनियर’को उपाधि हात पार्नुभयो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपति एवं वरिष्ठ गायक शम्भु राईको आतिथ्यमा सम्पन्न यस प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, इभेन्ट अर्गनाइजर निशु झा, अभिनेता रमेश उप्रेती, मिसेस युनिभर्सल सुस्मा सुवेदी, स्नेहा पोखरेल र विना श्रेष्ठ निर्णायक रहनुभएको थियो ।
मोडल तथा अभिनेता दिक्पाल कार्कीको कोरियोग्राफीमा आयोजित प्रतियोगिताको इभेन्ट को-अर्डिनेटर अमृता राई रहनुभएको थियो भने कार्यक्रमको होस्ट सेसेमी लिम्बुले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच