काठमाडौं । सिद्घार्थ बैंकले बालबालिकाको उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसाथ निर्माण भइरहेको हेपाली हाइटस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताललाई एक करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
सोसम्बन्धी सम्झौतापत्रमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान् कोइरालाले हस्ताक्षर गर्नुभएको छ । बैंकका अनुसार बालबालिकाहरू राष्ट्रका कर्णधार भएको र राष्ट्रको उज्ज्वल भविष्य बालबालिकाको स्वास्थ्यमा निर्भर हुने भएकाले बैंकले कल्याणकारी कार्यमा सहभागिता जनाएको हो ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाज विकासमा टेवा पु¥याउने उद्देश्यले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच