केयर गिभरको तालिम दिन स्वीकृति लिनुपर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । इजरायलमा केयर गिभरको रोजगारीमा जाने श्रमिकलाई तालिम दिने संस्थाले वैदेशिक रोजगार विभागसँग अनुमति लिनुपर्ने भएको छ । १५ दिनभित्र तोकिएको कागजातसहित निवेदन पेश गर्न विभागले सूचना जारी गरेको छ । इजरायलमा केयर गिभरका रूपमा जान चाहने श्रमिकले रोजगारका लागि आवेदन दिँदा नै अनिवार्य केयर गिभरको तालिम लिएको हुनुपर्ने विभागको सूचनामा उल्लेख छ ।

यसअघि विभागसँग अनुमति नलिएका संस्थाबाट तालिम लिएका पनि परीक्षामा सहभागी हुन पाउँथे । तर, आगामी दिनमा विभागले केयर गिभर तालिमसम्बन्धी कार्यविधि २०७२ अनुसार इजरायल रोजगारीमा जाने श्रमिकलाई तालिम दिने संस्थाले भने अनिवार्य रूपमा विभागसँग अनुमति लिनुपर्ने नियम बनाएको हो ।

तालिम दिन विभागले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्छ । आवेदन दिँदा आफूसँग भएको भौतिक सामग्री र अन्य मापदण्डको समेत अलग्गै व्यवस्था गरी विभागमा बुझाउनुपर्नेछ । इजरायलले नेपाल सरकारसँग सम्झौता गरी जिटुजी अर्थात् सरकारी प्रक्रियामार्फत् नै दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली श्रमिक लैजाने गरेको छ । नयाँ नियमसँगै अब इजरायल रोजगारीमा जान केयर गिभर तालिम लिन चाहनेले तालिम लिनुअघि विभागसँग स्वीकृति लिएको संस्था हो कि होइन भनेर निश्चित गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?