हेटौँडा । मकवानपुर प्रहरीले हत्या अभियोगमा १६ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाइएका एक फरार व्यक्तिलाई आइतबार पक्राउ गरेको छ ।
घटना भएको २० वर्षदेखि फरार रहेका इन्द्रसरोवर गाउँपालिका १ स्थित नयाँ गाउँका ६१ वर्षीय सन्तबहादुर वाइवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
वाइवाले २०६१ जेठ ३ गते तरकारी व्यापारको निम्ती मार्खु आएका काठमाडौंका ४२ वर्षीय केदारप्रसाद पराजुलीको साथमा रहेको ५० हजार रुपैयाँ लुटि भीरबाट लडाएर हत्या गरेका थिए ।
फरार प्रतिवादी वाइवालाई कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०७० सालमा १६ वर्ष कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
हत्या पश्चात फरार भएका वाइवा केही समयदेखि घरमा नै बस्दै आएको र खोजतलास गर्ने क्रममा घरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच