एक करोडसम्मको घरबीमा इसेवाबाटै

Read Time = 2 mins

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले युएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घरबीमा सुविधा ल्याएको छ । हाललाई योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुने कम्पनीले जनाएको छ ।

योजना इसेवाको मोबाइल एपभित्र रहेको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवामार्फत् सजिलै घरबीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ ।

कम्पनीका अनुसार एक करोडसम्मको बीमा हुने योजनामा वार्षिक पाँच सयदेखि ४५ सय रुपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ । बीमा मूूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ । योजनामा सहभागी हुन घरधनीले घरको तस्बिर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवामा एपमार्फत् अपलोड गर्नुपर्नेछ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत् करिब ७० लाख ५० हजार ग्राहकले लिइरहेका र देशभर रहेका दुर्ई लाख बढी एजेन्टमार्फत् अप्रत्यक्षरूपमा डेढ करोड बढीले सेवा लिइरहेका कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?