पहिरोका कारण पृथ्वीराजमार्ग अबरुद्ध

फाइल तस्बिर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । अविरल वर्षासंगै गएराती परेको वर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिङ-मलेखु सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

सडक निर्माणका क्रममा खनेको ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधन आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रमुख निरला भण्डारीले जानकारी दिनुभयो ।

विहानदेखी वर्षाका कारण पहिरोसँगै ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । अहिले अबरुद्ध सडक खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरोका आज विहानदेखी पृथ्वी राजमार्गको मलेखु मौवाखोला खण्ड अवरुद्ध भएको छ । राजमार्गका ठाँउ ठाँउमा ठुलो ठुलो ढुङ्गासमेत खसेकोले हटाउन केही समय लाग्ने सडक विभागले जनाएको छ ।

सडक अवरुद्ध भएका कारण लामो तथा छोटो दुरीका सावरीका साधनहरु जाममा फसेका छन् । सडक विभागको डोजर नेपाल प्रहरीलगाएत सडक निर्माण कम्पनीको डोजर प्रयोग गरी सडक खुलाउने प्रयास जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?