हरि-हलो सर नमस्कार,
कुल-हजुर नमस्कार सर,
हरि-आज एउटा कुरा गर्न मैले सरलाई दुःख दिन खोजेको समय कस्तो होला ?
कुल-विद्वद्वर्यायकृते समय प्रचुरमस्ति । समय छ सर, कुरा गरौं न । तपाईंसँग कुरा गर्दा कुनै न कुनै नयाँ योजना, नयाँ ज्ञान पाउने गरेको छु मैले । यस प्रकारको अवसर त भाग्यवान्ले मात्रै पाउँछ नि सर होइन र ?
हरि-मैले गीत लेख्ने र गाउने पनि विचार गरेको छु । जसरी शब्दयात्रा प्रकाशन संस्थाको संस्थागान बनाएँ त्यसरी नै कुनै व्यापक भाव, कल्याण कामनाले भरिएको गीत रचना गरेर सुर, लय ताल संगीत दिने विचार गरेको छु । यो काम कस्तो होला ? सरबाट केही सल्लाह सुझावका लागि अलिकति सरको काममा व्यवधान गर्ने साहस गरेको हुँ भन्ने हरि मञ्जुश्रीका कुरा सुनेपछि चारवेदका चार महावाक्यलाई नै गीतीकरण गर्न पाए कस्तो मजा आउला जस्तो मलाई लागेपछि मैले हरिजीलाई यो कुरो सुनाउँदा उहाँले म प्रयास गर्छु भन्नुभयो ।
यस गीतमा शब्द र संगीत प्रदान गर्ने काम हरि मञ्जुश्रीले नै गरेका छन् भने स्वर चाहिँ हरि मञ्जुश्री र इ.रोशन अधिकारीले दिएका छन् । यसैगरी यहाँ प्रज्ञानं ब्रहृमको भाव विस्तार गीतले गरेको देखिन्छ र स्थायीका रूपमा पटक-पटक सोद्रहं आएको छ ।
यसरी दूरभाष गोजिका यन्त्रको प्रत्यक्षीकरण पद्धति (मोबाइल मेसेन्जर) बाट हामीले गरेको सल्लाहले मूर्त रूप लिएको कुराको सूचना उहाँले बेलाबेला मलाई गीत सुनाएर दिनुहुन्थ्यो । आज म त्यही वैदिकगानका सम्बन्धमा केही लेख्ने प्रयास गर्दैछु । अथर्ववेद अन्तर्गतको मुण्डकोपनिषत्मा संसारका आदि गुरु, लोकपिता ब्रहृमाले आफ्ना जेठा छोरा अथर्वालाई ब्रहृमविद्याको उपदेश गरेका छन् । जुन कुरो जानेपछि केही पनि जान्न बुझ्न बाँकी रहँदैन त्यस्तो कुरो मलाई बताउनुस् भनेपछि ब्रहृमाले अथर्वालाई यसरी भनेका थिए : ‘...कस्मिन्नु भगवो विज्ञाते सर्वमिदं विज्ञातं भवतीति ।।३।।
तस्मै स होवाच । द्वे विद्ये वेदितव्ये इति हस्म यद्ब्रहृमविदो वदन्ति पराचैवापरा च ।।४।।
ती ब्रहृमाले प्राश्निक अथर्वालाई सम्झाउँदै, जो ब्रहृमविद् छन् तिनीहरू यस संसारमा दुई प्रकारका विद्या छन् परा र अपरा भन्छन् भनेर बताए । अथर्ववेदसँग सम्बद्ध मुण्डकोपनिषद् र माण्डुक्योपनिषद् गरी दुईवटा उपनिषद् छन् । यहाँ धेरै कुराका उदाहरण र पारस्पारिक संवादबाट ब्रहृमबोध केले हुन्छ त भन्दा मुमुक्षा र तीव्र बोधक्षमताबाट मात्रै ब्रहृमको ज्ञान हुने भएको हुनाले परोक्ष वृत्तिका माध्यमले प्रज्ञान नै ब्रहृम हो भन्ने सोझो बुझाइलाई लिएर प्रज्ञानं ब्रहृमः भनिए पनि प्रज्ञा ब्रहृमबोध गराउने साधन भए पनि ब्रहृम नै होइन भन्ने निष्कर्ष निक्लन्छ ।
ब्रहृमविद्याको पठनपाठन सही ढंगले हुन छाडेको हाम्रा देशमा मुण्डमुण्ड बुद्धिका व्याख्याले पारेको अप्ठ्यारो जस्तै यस गीतमा अजपा गायत्री (सोद्रहं) त्यो मै हुँ र प्रज्ञानंब्रहृमः को कुरो आएको छ । हरिजीको आशय भने ठीक छ । ब्रहृमको ‘ब’ उच्चारण गर्न पनि नजानेका लर्ड–मेकाले पद्धतिका उत्पादन हामीजस्ता बबुरालाई एउटा सरल, सरस गीतमा यो ब्रहृमाण्ड नै शरीर भएको अवाङ्मनसगोचरातीतब्रहृमलाई ढालेर कौतुक वृत्ति जगाउने काम हरिजीले सम्पादन गरेका छन् । यो स्तुत्य प्रयत्न हो ।
यस गीतमा शब्द र संगीत प्रदान गर्ने काम हरि मञ्जुश्रीले नै गरेका छन् भने स्वर चाहिँ हरि मञ्जुश्री र इ.रोशन अधिकारीले दिएका छन् । यसैगरी यहाँ प्रज्ञानं ब्रहृमको भाव विस्तार गीतले गरेको देखिन्छ र स्थायीका रूपमा पटक पटक सोद्रहं आएको छ । सोद्रहं प्रथम वक्ता र गीतको स्थायी दुवै भूमिकामा रहेको देखिन्छ । यो प्रथम वक्ता हुन सक्दैन ।
पहिलो-तिमीको हौ ? तिमीको हौ ?
चिनाऊ मलाई तिमी को हौ ?
दोस्रो-मान्छे पनि मै हुँ, पशु पनि मै हुँ
पन्छी पनि मै हुँ, कीरा पनि मै हुँ
बोट पनि मै हुँ, बिरुवा नि मै हुँ
नर पनि मै हुँ, नारी पनि मै हुँ
पहिलो-हँ ? त्यसो भए तिम्रो जाति के ?
दोस्रो-जाति ब्रहृमः पहिलो सोद्रहं ।
पहिलो-तिमीको हौ तिमी को हौ
चिनाऊ मलाई तिमीको हौ ?
दोस्रो-कालो पनि मै हुँ, गोरो पनि मै हुँ
ठूलो पनि मै हुँ सानो पनि मै हुँ
तातो पनि मै हुँ चिसो पनि मै हुँ
राम्रो पनि मै हु, नराम्रो नि मै हुँ
पहिलो-हँ, त्यसो भए तिम्रो वर्ण के ?
दोस्रो-वर्ण ब्रहृमः
पहिलो-सोद्रहं ।
पहिलो-तिमीको हौ तिमी को हौ ?
चिनाऊ मलाई तिमीको हौ ?
दोस्रो-ढुंगा पनि मै हुँ माटो पनि मै हुँ
हावा पनि मै हुँ पानी पनि मै हुँ
आकाश पनि मै हुँ आगो पनि मै हुँ
ग्रह पनि मै हुँ अन्तरिक्ष नि मै हुँ ।
गीतकार हरि मञ्जुश्रीलाई गीतको संरचना राम्रो थाह छ । स्थायी सबै अन्तराको थेगो या उत्तर बनेर आउनुपर्छ । यो वैदिकगान भएको हुनाले जान्न चाहने ब्रहृम होइन । जान्न चाहने त हरि, म र अरू अरूजस्ता अल्पज्ञ नै हौँ । अतः यस वैदिकगानमा ब्रहृमलाई नै जिज्ञासु बनाइएको जस्तो भान पर्नेे हुनाले गीत गाउँदा त यो सबै कुरो हेर्लान् नहेर्लान् किनभने संगीतका अतिरिक्त शक्तिमा चिप्लिएर मानवमथिंगल ठीक बेठीक छुट्याउन नसक्ने भएर तल्लय बन्छ । तर, जब गीत पढ्न थालिन्छ अनि भने भात दाल र दाल चाहिँ भात बनेको स्थिति प्रत्यक्षीभूत हुन्छ । कालो, गोरो, सानो, ठूलो, जातभात र वर्ण वर्णशंकर यावत् स्थितिबाट भिन्न त ब्रहृम नै छ ।
‘न शास्त्रैर्नापिगुरुणा दृश्यते परमेश्वरः, दृश्यतेस्वात्मनैवात्मा स्वया सत्वस्थयाधिया’ हो, त्यो ब्रहृमलाई शास्त्रका बलमा र गुरुका उपदेशबाट जान्न बुझ्न सकिँदैन । बरू विशुद्ध सत्वारुढ आफ्नै एकान्त चिन्तनबाट बोध या अनुभव गर्न सकिन्छ । यससँग हामी मानव जो ब्रहृमलाई बुझ्न त खोज्छौं तर हामीले बिगारेर सार्वभौम, शाश्वद् ब्रहृमतत्वलाई कृष्णवर्ण प्रदर्शक उपनेत्र (कालो चश्मा) का बलमा चिन्ने प्रयत्न गर्दछौं । डोकाले ढाकेको बाख्राका पाठालाई स्यालबाट लुकाउन खोजेको उपक्रम । यहाँ पनि पहिलो मानव नै हो जसलाई गीति रचनाका जिज्ञासा प्रकटकर्ताका रूपमा उभ्याइएको छ रउत्तरदाता ब्रहृम अर्थात् प्रज्ञान हो । प्रकृष्टेन ज्ञायतेति प्रज्ञानम् ।
आज हाम्रा देशमा पहिचानवादी र विखण्डनवादीको चक्चकी मच्चिएको छ । अतः लिंग, वर्ण, स्वरूप, कर्म, देश, काल, आदिका माध्यमले गरिने परिचय भनेको वर्षादका पानीले हामीले लाएका कपडा भिजाएर शरीरको छाला मात्र भिजाउन सकेको जस्तो मात्रै हो तापनि प्रविष्टिर्मार्गका यात्रीले देहगेहादिलाई पनि ख्याल गर्नैपर्छ ।
यस प्रकारको व्युत्पत्ति गर्दा प्रज्ञान ब्रहृमबोधको साधन बन्छ । ब्रहृम ज्ञानमय, नित्य, शाश्वत्, अविनाशी, सूक्ष्मतम र अनुभूयमान छ भनेर शास्त्रले भनेका छन् । उता सोद्रहं लाई प्रज्ञान भनेको मै हुँ भन्नका लागि उभ्याइएको छ । यो चाहिँ आग्राको कुरो र गाग्राको कुरो जस्तो भयो । हामी सबैले सास फेर्दा सो र हंका प्रक्रियाबाट सास फेर्दछौँ भन्ने प्राणायामको उदाहरण हो यो चाहिँ । हामीले बाहिरबाट भित्र सास तान्दा सो हुन्छ भने बाहिर फाल्दा हं हुन्छ । यसलाई पौराणिकहरू अजपागायत्री भन्छन् । यसलाई चलाउने र नियन्त्रण गर्ने चाहिँ ब्रहृम हो । यो नै ब्रहृम होइन । मुण्कोपनिषत्ले ब्रहृमको चिनारी कसरी गराएको छ त्यो हेरौँ :
यत्तदद्रेश्यमग्राहृयमगोत्रमवर्णमचक्षुः श्रोत्रं तदपाणिपादम् ।
नित्यं विभुं सर्वगतंसुसूक्ष्मंतदव्ययं यद्भूतयोनिं परिपश्यन्तिधीराः ।।६।।
अर्थात् त्यो अविनाशी ब्रहृमतत्वका आँखा, कान आदि ज्ञानेन्द्रिय छैनन् । हातगोडा आदि कर्मेन्द्रिय पनि छैनन् । त्यसलाई हाम्रा आँखाले देख्न सक्दैनन् र कर्मेन्द्रियले ग्रहण गर्न पनि सक्दैनन् । कुनै पनि प्रकारको थर, गोत्र, वर्ण, जातजाति आदि केही पनि नभएको त्यो तत्व नित्य, सर्वव्यापक र सर्वस्वरूप भएर पनि सूक्ष्मतम् छ । हो, त्यही अविनाशी तत्वलाई नै समग्र संसारको कारण हो भन्ने धीर गम्भीर व्यक्तिहरूको भनाइ भेटिन्छ भनेर गुरुले शिष्यलाई सम्झाएका छन् । यसरी ब्रहृमको स्थितिलाई चार-चारवटा वेद करिब २०० जति उपनिषद् ५४ वटा पुराण, महापुराण र उपपुराणले भिन्न भिन्न प्रकारले ब्रहृमलाई चिनाउने प्रयास गरेका छन् तापनि तिनको शैली हेर्दा विध्यात्मक र निषेधात्मक शैलीबाट ब्रहृमा चिनाउने प्रयास भएको हुनाले चारवटा अन्धाले हात्ती चिनेको अवस्था भने ज्युँका त्युँ रहेको बोध गरिन्छ ।
आज हाम्रा देशमा पहिचानवादी र विखण्डनवादीको चक्चकी मच्चिएको छ । अतः लिंग, वर्ण, स्वरूप, कर्म, देश, काल, आदिका माध्यमले गरिने परिचय भनेको वर्षादका पानीले हामीले लाएका कपडा भिजाएर शरीरको छाला मात्र भिजाउन सकेको जस्तो मात्रै हो तापनि प्रविष्टिर्मार्गका यात्रीले देहगेहादिलाई पनि ख्याल गर्नैपर्छ । निवृत्ति मार्गमा लागेकाहरूले चाहिँ वर्ण लिंग, थर, जात छाडेर अहंब्रहृमास्मि अर्थात् म नै ब्रहृम हुँ भन्ने भावका साथ यी वैदिक सूक्ति मुखाग्र गर्नु राम्रो हुन्छः ‘ऋते ज्ञानान्नमुक्तिः, ब्रहृमसत्यं जगन्मिथ्या जीवो ब्रहृमैव नापरः, अनेन वेद्यं सच्छास्त्रमिति वेदान्तडिंडिमः ।’
योगमय भोगले विश्व जितिन्छ भने भोगका निमित्तका भोगले विश्व गुम्छ भन्ने कुरो गान्धी र हिटलरको जीवनी पढे स्पष्ट हुन्छ । पौरस्त्य चिन्तनको ब्रहृमजस्तै अहिलेका प्रसिद्ध दार्शनिक फ्रायडले पेटमुनिका समस्यामा मात्रै ध्यान केन्द्रित गरेका र माक्र्सवादले चाहिँ पेटलाई केन्द्रमा राखेका कारणले पन्पिएको उपभोक्तावादी चिन्तनले मानवजीवन अत्यन्त कष्टकर बन्दै गएको देखिन्छ । पेटलाई केन्द्रमा राख्नाका कारणले हिटलर, मुसोलिनी, एर्साद, पुटिन, नेतान्याहु र हमास जन्मे भने हाम्रै देशमा पनि उथलपुथल मास्टर, भ्युटावर मास्टर, सत्ता बकुल्लो जस्ता महापुरुषका प्रतापाग्नि हामीले तापिसकेका छौं र देश बालबालिका र बुढाबुढीको शरण्यस्थलमा रूपान्तरित भएको दारुण अवस्थालाई दृष्टिगत गरेर वैदिकगानले देखाएका मार्गमा हाम्रा देशका गीत संगीतकार लागिदिए भने नहुनु मामाभन्दा कानो मामा वेश हुनेथियो भन्ने आस गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच