बरहथवामा एक महिलाको हत्या, श्रीमान र सौता पक्राउ

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको बरहथवामा एक महिलाको हत्या भएको छ । बरहथवा नगरपालिका-१२, लौकठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या भएको हो । महतोको शव हिजो बिहान घरदेखि करिव डेढ किलोमिटर टाढा कमल रायको खेतमा फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मृतक महिलाको अनुहार र घाँटीमा चोट देखिएको छ । प्रहरीले घटना लगत्तै मृतक महिलाका श्रीमान ३८ वर्षीय शंकर महतो र सौता (श्रीमानको कान्छी श्रीमती) २१ वर्षीया सजनदेवी महतोलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको हो । घटनास्थलको प्रकृतिमुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि हिजो दिउँसो अबेर प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

प्रहरीकाअनुसार घटना भएको परिवारमा बारम्बार झगडा परेर पन्चायती बसेको थियो । सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले उक्त परिवारमा हिजो बेलुका पनि झगडा भएको पाइएको बताउनुभयो । “घटना भएको परिवारमा बारम्बार झै-झगडा भएको देखिन्छ, हिजो बेलुका मात्रै पनि झगडा भएर मृतक महिलाले खाना नखाएको पाइयो,” एसपी सिंहले भन्नुभयो, “घटनाबारे हामी अनुसन्धानमै छौँ, हाम्रो नियन्त्रणमा रहेका मृतकको श्रीमान र सौतासँग सोधपुछ हुँदैछ ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?