राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा छु : प्रचण्ड

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा रहेको बताउनु भएको छ ।

शनिवार सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूमा राष्ट्रपति र सभामुख कसलाई बनाउने भन्नेबारे लिखित सहमति नभएको समेत जिकिर गर्नुभयो ।

उहाँले सभामुखको निर्वाचनअघि माघ ३ गतेका लागि सर्वदलीय बैठक बोलाएको बताउँदै राष्ट्रपति र सभामुखको निर्वाचनका लागि कांग्रेससहित सबै दलको सहमति जुटाउने प्रयासमा रहेको बताउनु भयो ।

उहाँले आफूलाई कांग्रेसले विश्वासको मत दिएपछि छलफल गर्ने आफ्नो जिम्मेवारी भएको बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डल केही दिनमै सरकारलाई पूर्णता दिने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ओलीजीसँग पनि सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ। हामीबीच केही समस्या छैन। केही दिनमै सरकारलाई पूर्णता दिन्छौँ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?