आज पोखरामा सन्देशसभा गर्दै समाजवादी मोर्चा

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । समाजवादी मोर्चाले आज (शुक्रबार) गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दैछ ।

देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले आज गण्डकीमा प्रदेशस्तरीय सन्देश सभा गर्न लागेको हो ।

पोखरास्थित दीपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादी केन्द्रले पाएको छ । मोर्चाले बिहीबार सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?