बुटवलमा छाडा चौपाया व्यवस्थापनको अभियान सुरु (तस्बिरहरु)

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । बुटवल क्षेत्रको मुख्य चुनौतीका रुपमा रहेको छाडा चौपाया (गाइ र गोरु) व्यवस्थापनको अभियान सुरु भएको छ ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयका अनुसार चैत्र मसान्तसम्म नियमित रुपमा अभियान चल्ने छ ।

अभियान गोलपार्क, लक्ष्मीनगर चोक, नेपालगञ्ज रोड, दुर्गामन्दिर, भुड्कीचोक, सिद्धेश्वर मैदान, मिलनचोक, नयाँ बसपार्क, कालिका चोक र योगीकुटी चोकलगायतका क्षेत्रमा अभियान संचालन हुने छ । सडकका छाडा चौपाया शिवनगर स्थित गौशालामा राखिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?