‘नालापानी’ को ट्रेलर सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर कात्तिक ४ देखि सिनेमा घरमा आउने तयारीमा रहेको चलचित्रको बिहीबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

दुई मिनेट ४१ सेकेण्ड लामो ट्रेलरले सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज-नेपाल युद्धको गाथा व्यक्त गर्दछ । उक्त युद्धमा नेपालको तर्फबाट कप्तान वीर बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजविरुद्ध साहसिक लडाई लडेको थियो ।
निर्देशक रिमेश अधिकारीले चलचित्रमार्फत अहिले र आगामी पुस्तालाई पिता–पुर्खाले देशलाई कसरी कसैको बन्दक हुनबाट बचाएका थिए भन्ने सन्देश दिने बताउनुभयो । चलचित्र विकास बोर्डले दुई वर्षअगाडि विशेष सिनेमा घोषित गरेको ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गर्नुभएको हो ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बालकलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी चलचित्र प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगानारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको व्यानरमा निर्माण सिनेमामा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन विपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कविराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको छ ।

राम भट्टराई र हरि उप्रेतिले रचना गरेका सिनेमाका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर छ । ‘नालापानी’का एसोसिएट निर्माता सपन कुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्मातामा मनोज शाक्य र रिमेश अधिकारी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?