टर्कीको एक परिवार, जो चार खुट्टा भएका जनावरहरू जस्तै हिँड्छन्

हिमालय टाइम्स
Read Time = 3 mins

इस्तानबुल । टर्कीमा बस्ने एक परिवार चर्चाको विषय बनेको छ ।

यो परिवारले मानिसको विकासको अध्ययन गर्ने वैज्ञानिकलाई पनि चकित बनाएको छ । वास्तवमा टर्कीको दक्षिणी भागमा बसोबास गर्ने परिवारका सदस्यहरू दुवै हात र खुट्टाको सहारामा हिँड्छन्।

समाचार अनुसार सन् २००६ मा यस परिवारलाई लिएर एउटा डकुमेन्ट्री फिल्म पनि बनेको थियो, जसको नाम ‘द फॅमिली द वाक्स अन अल फोर्स’ थियो । डकुमेन्ट्री बनेपछि यो परिवारमाथि धेरै अनुसन्धान भइसकेको छ ।

न्युयोर्क टाइम्सका अनुसार यस टर्किस परिवारको जीवनशैलीलाई डकुमेन्ट्री फिल्ममा देखाइएको छ । चलचित्रमा यो परिवारका सदस्यलाई सामान्य मानिसजस्तै हात खुट्टामा हिँडेको र अन्य काम गरेको देखाइएको छ ।

बीबीसीका अनुसार परिवारका सदस्यहरू सामान्य रूपमा सोच्ने, बोल्ने र खानपिन गर्ने, उनीहरूको हिड्ने तरिका मात्र सामान्य मानिसभन्दा फरक छ । लन्डन स्कूल अफ इकोनोमिक्स ९एलएसई० का प्रोफेसर हम्फ्रेलाई उद्धृत गर्दै चार बहिनी र एक भाइ असामान्य लक्षणका साथ जन्मिएको बताएको छ।

परिवारका एक सदस्यको मृत्यु भइसकेको भए पनि प्रोफेसर हम्फ्रेले उक्त घटनामा आधुनिक मानिस पशुको अवस्थामा फर्किने आशा कहिल्यै नगरेको बताए ।

यो परिवारका सदस्यहरु यस्तो भएको देख्दा अचम्म लाग्छ । तर, पीडित परिवारले भोग्नुपरेको कठिनाइको बारेमा पनि उनले सामान्य व्यक्तिको तुलनामा यस परिवारका सदस्यले हिँडडुल गर्न निकै कठिनाइ भोग्नुपरेको बताए । परिवारका धेरै व्यक्ति मानसिक रूपमा अपांग छन् र उनीहरूले शरीरलाई राम्रोसँग सन्तुलन गर्न सक्दैनन् तर धेरै वैज्ञानिकहरूले यसलाई रिभर्स इभोल्युसन मान्छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?