स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला: रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिनलागेकाहरूको शनिवार विशेष भेला सुरु भएको छ ।

ललितपुरको हेरिटेज गार्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।

यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द माण्डपका अनुसार ललितपुरस्थित बैठकमा संघीय निर्वाचनका आकांक्षीहरूको सामुहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?