काठमाडौं । नेपाली तेक्वान्दो टोली सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन भारतको गोवा प्रस्थान गरेको छ । मे २१ देखि २३ सम्म हुने प्रतियोगितामा सहभागी हुन सात खेलाडीसहित नौ सदस्यीय टोली भारत प्रस्थान गरेको हो । पुरुष सिनियर ५० केजीमुनि रञ्जित डगौरा, ६० केजीमुनि कुमार लावत र ५८ केजीमुनि प्रवीणजंग खड्काले प्रतिस्पर्धा गर्नुहुनेछ ।
पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का, ३२ केजीमुनि रघुनाथ भण्डारी र २९ केजीमुनि आभास डिओले खेल्नुहुनेछ । सब जुनियरमा सहभागी हुने तीनै खेलाडीले एकल पुम्सेमा पनि कौशल प्रदर्शन गर्नेछन् ।
क्याडेट महिलाको ३३ केजीमुनि र एकल पुम्सेमा सुसन्ध्या खड्काले सहभागिता जनाउनुहुनेछ । प्रशिक्षकमा दीपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच