विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका-१७ भ्युटावरस्थित नारायणी नदी बीचको भंगालोमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँसघारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

सुर्खेतको पंचपुरी नगरपालिका-५ तिखाकुनास्थित तिखाखोलामा सोही नगरपालिका-११ बस्ने ४० वर्षीया तुल्सी बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

कैलालीको गोदावरी नगरपालिका-१२ शान्तीनगर बस्ने २६ वर्षीय मदन बडैला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका-१ थामडाँडास्थित लुक्ला-पैया जाने पैदल बाटोमा माप्य दुधकोशी गाउँपालिका-१ बस्ने ४७ वर्षीय अलवा शेर्पा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?