
काठमाडौं । एसआइआइपिएल ग्रुप नेपालले क्वालिटी आइसक्रिम भित्र्याएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एसआइआइपिएल अध्यक्ष सौरभ ज्योती, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट मजहर अलि(सेल्स, मार्केटिङ तथा सप्लाई चेन), ज्योति ग्रुपका कर्मचारी र विभिन्न व्यवसायीको उपस्थितिमा उक्त आइसक्रिम लन्च गरिएको हो । कम्पनीका अनुसार क्वालिटी आइसक्रिम भारतको ग्रेभिस समूहअन्तर्गत प्योर आइसक्रिमद्वारा उत्पादित एक प्रतिष्ठित ब्राण्ड हो । सन् १९७७ मा संयुक्त अरब इमिरेट्सकै पहिलो आइसक्रिम ब्राण्डका रूपमा स्थापना भएको क्वालिटी उच्च गुणस्तर र स्वादिष्ट फ्लेभर्सका कारण विश्वभरकै आइसक्रिम पारखीको रोजाइको ब्राण्ड बनेको छ ।
सो अवसरमा प्योर आइसक्रिमका सेल्स, मार्केटिङ तथा सप्लाई चेनका भाइस प्रेसिडेन्ट मजहर अलिले नेपाली उपभोक्ताको बदलिँदो जीवनशैली, गुणस्तरीय उत्पादनको रोजाइ तथा अन्तर्राष्ट्रिय आइसक्रिम फ्लेभरको बढ्दो बजार माग सम्बोधन गर्दै विभिन्न अन्तर्राष्ट्रिय फ्लेभरका आइसक्रिमहरू भित्र्याएको बताउनुभयो ।
एसआइआइपिएल नेपालका अध्यक्ष सौरभ ज्योतिले नेपालमा क्वालिटी आइसक्रिमले प्राप्त गरेको स्वागत उत्साहजनक रहेको भन्दै आगामी वर्षभित्र देशव्यापीरूपमा दुई सय स्थानमा विस्तार गर्ने योजना रहेको बताउनुभयो । क्वालिटीले पिस्ता, फ्रुट सलाद, म्यांगो, मलाई पिस्ता कुल्फी र कुकिज एण्ड क्रिम जस्ता धेरै उत्कृष्ट फ्लेभरहित स्टिक, कप र टबमा अन्तर्राष्ट्रिय स्वाद बिक्री गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच