मुगु । मुगु स्थित छायानाथ रारा नगरपालिकाको १५ औँ नगरसभामा जिल्लाका पत्रकारहरुलाई माथिको आदेश भन्दै प्रहरीले नगरसभा भित्र प्रवेशमा रोक लगाएको छ ।
पत्रकार महासंघलाई सम्बोधन गरी जिल्ला स्थित संचारकर्मीलाई नगर सभाको उद्घाटन सत्रमा निमन्त्रणा गरिएको भएपनि हल प्रबेश गर्न लाग्दा प्रहरीले माथिको आदेश भन्दै कार्यक्रम हुने होटल मुनलाइटको हलमा प्रवेशमा रोक लगाएको हो ।
पत्रकारहरु सभाहलमा जाँदै गर्दा पहिलो प्रवेश गेटमा रहेका सुरक्षाकर्मिहरुले प्रवेश पास खोजेका थिए । प्रवेश पास आफुलाई कसैले नदिएको र नगरपालिकाको निमन्त्रणापत्र देखाएपछि प्रवेश पाएका पत्रकारहरुलाई दोर्सो प्रवेश गेटमा फेरि प्रहरीले अवरोध गर्दै प्रवेश गर्न माथिको अनुमति नभएको भन्दै रोकेका थिए । त्यहाँ वरपर रहेका नगरपालिकाका कर्मचारीहरु समेत मुखदर्शक भएर प्रहरीले पत्रकारमाथि गरेको व्यवहारलाई चुपचाप हेरिरहेका थिए ।
पत्रकारहरुले निमन्त्रणा पत्र र आफ्नो कार्ड देखाएपनि प्रवेश नपाएपछि आत्मसम्मानमा चोट पुगेको महशुस गर्दै सभा स्थलबाट फर्किएको नेपाल पत्रकार महासङ्गका मुगु शाखा अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनु भयो ।
सुशासन,पारदर्षिता,जवाफदेहिताको कुरा गरेर नथाक्ने छायानाथ रारा नगरपालिकाले राज्यको चौथो अंगको रुपमा रहेको सन्चारक्षेत्रमा कार्यरत पत्रकारलाई नै सभा स्थलमा प्रवेश गर्न अवरोध गर्नुले सर्बसाधरणको सूचनाको हकलाई कुन्ठीत गर्न खोजेको नेपाल पत्रकार महासंघ मुगु शाखाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच