झापा । ऐलानी जग्गामा रहेको आँपको रुख कसको हुने भन्ने विषयमा विवाद हुँदा झापाको कचनकवलमा झगडा भएको छ । दुई पक्ष बीच भएको झगडामा सात जना घाइते भएका छन् ।
सो विषयमा बिवाद हुँदा कचनकवल गाउँपालिका ४ खुट्टामुनी जंगलटोलका मुस्ताक मियाले छिमेकी महेदिन मियालाई कुटपिट गरेका थिए । त्यसपछि दुई पक्ष बीच झगडा भएको इलाका प्रहरी कार्यालय केचनाले जनाएको छ ।
झगडामा कचनकवल ४ का ४१ वर्षीय मुस्ताक मिया, २५ वर्षीय समसेर मिया, २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिया, २० वर्षीय अर्फिन मिया, ५० वर्षीया लेजिना मिया र ३९ वर्षीय समसोधिन मिया घाइते भएका छन् ।
आक्रोसित दुबै पक्ष बीच चिर्पट, भाटा, इँटा, ढुंगा हानाहान भएको थियो । झगडा इप्रका केचना र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) केचनाबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।
उनीहरूको ओमसाई पाथिभारा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । केहीलाई गहिरो चोट लागेपनि उनीहरू सबैको अवस्था सामान्य र खतरामुक्त छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच