कलाकारले धनराज राम्रो छ भनिदिएकै भरमा चुनाव जितेँः मन्त्री गुरुङ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका बिरुद्धमा लड्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताउनु भयो । उहाँले गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रुपमा उभिएको भन्दै कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म गाउन जान्दिन तर सधैँ म समय पाएँ भने सुनिरहन्छु । मनमनै गुन्गुनाउन मन लाग्छ, गुन्गुनाउँछु बाहिर आउँदैन । नत्र म पनि त्यस्तै कलाकार हुन्थेँ जस्तो लाग्छ । त्यही गाउन नजानेर म आज राजनीतिक यात्रामा उभिएँ । कलाकार साथीको सद्भाव र माया पाएको छु । तपाईहरुले नै धनराज राम्रो छ भनिदिएपछि मैले चुनाव जितेर आएँ । नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिका बिरुद्धमा सधैँ लडेर तपाईहरुको बीचमा निष्ठाको राजनीतिका रुपमा उभिएर निष्ठाको राजनीति गर्ने व्यक्तिको रुपमा उभिएर मर्न चाहन्छु ।’

मन्त्री गुरुङले धनराज राम्रो छ भनिदिएकै भरमा आफूले चुनाव जितेको दाबी गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?