![अन्तःशुल्क स्टिकर खरिदमा अनियमितता](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/corruption-case-against-the-incumbent-Chief-Secretary-Hita-fornt-page.jpg)
एजेन्सी । आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्टायो ।
इंग्ल्यान्डका कप्तान जोस बट्लरले विस्फोट ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाए । उनले ६ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै फिल साल्टले २१ बलमा २५ रन जोड ।
यसअघि केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन मात्र बनाउन सक्यो ।
उसका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । २४ बलको सामना १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कोरी एन्डरसनले २८ बलमा २९ रन बनाए । हरमित सिंहले २१, स्टिभन टेलरले १२, कप्तान एरोन जोन्सले १० रनको योगदान दिए ।
इंग्ल्यान्डका लागि क्रिस जोर्डनले घातक बलिङ गरे । २।५ ओभर बलिङ गरेका उनले मात्र १० रन खर्चिएर ह्याट्रिकसहित ४ विकेट लिए । साम करन र आदिल रसिदले पनि २–२ विकेट लिए । अमेरिकाले अन्तिमका पाँच विकेट ६ बलमा कुनैपनि रन नजोडी गुमायो ।
जितसँगै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच