आज देशका अधिकाँश स्थानमा मौसम वदली भई देशका अधिकाँश स्थानमा बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा वर्षा भएको छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित वर्षाको आँकलन गरिएको छ ।
महाशाखाका अनुसार राति प्रदेश १ का केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ । त्यसैको प्रभावका कारण अहिले नेपालमा मौसममा सुधार हुन नसकेको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच