पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

लमजुङ । लगातारको वर्षापछिको पहिरोका कारण डुम्रे बेँसीसहर सडकखण्ड अन्तर्गत उदीपुर सडक अवरुद्ध भएको छ ।

बेँसीसहर नगरपालिका-१ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि बर्षा भइरहेकाले उदिपुरमा ढुङ्गासहित लेदो आएर सडक अबरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे-बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यसखण्डसमेत पटक-पटक पहिरोले अवरुद्ध हुँदै आएको छ ।

सडकखण्ड अवरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?