त्रिनगर नाकामा अनुगमन गर्दै ‘सेरा’ र ‘लिली’

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

धनगढी । कैलालीको त्रिनगर भन्सार नाकामा प्रहरीले अनुगमन तीव्र गरेको छ । खुल्ला सीमा नाकाको फाइदा उठाउँदै लागुऔषध ओसारप्रसार बढेको भन्दै प्रहरीले अनुगमन तिब्र गरेको हो । प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले नाकामा अनुगमन गरेको हो ।

वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको नेतृत्वमा उक्त अनुगमन गरिएको हो । वडा प्रहरी कार्यालयका बमले नाका क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषधको ओसारपसारलाई रोक्न कुकुरसहित अनुगमन गरिएको हो ।

प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमा नाकाबाट हुने लागुऔषध तस्करी र विस्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन भएको उहाँले बताउनुभयो ।

गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारीसाधनमा चेकजाँच भएको बमले बताउनुभयो । तालिमप्राप्त कुकुर ‘सेरा’ र ‘लिली’को सहायताले प्रहरीले अनुगमन गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?