पाँचदलीय गठबन्धन संविधानको कार्यान्वयनका लागिः गृहमन्त्री खाँण

Read Time = 3 mins

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका लागि भएको बताउनुभएको छ । उहाँले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिनुभयोे ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्रं २ ले आज बुटवलमा आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा गृहमन्त्री खाणले नेपाल कुनै पनि अन्तर्राष्ट्रि«य सैन्य गतिविधिमा सहभागी नहुने पनि प्रष्ट पार्नुभयो । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकमा पर्ने सिद्धबाबा क्षेत्रको सडक दुरावस्थाका कारण हजारौँ यात्रुले सास्ती भोग्नुपरेको र सयौँले ज्यानसमेत गुमाएकाले त्यसलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण आगामी आर्थिक वर्षदेखि अगाडि बढाइने र पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पनि सुरुङमार्ग निर्माणको काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएको र आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पनि पार्टीलाई ठूलो र बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई मन्त्री खाँडले आग्रह गर्नुभयो नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई घोषणापत्र र पार्टीको निर्देशनअनुसार काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रुपन्देही क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सैनामैनाका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?