ओम मेगाश्रीले सेयर जारी गर्ने

Read Time = 1 min

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सले सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको छ । प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुधबार भएको सो सम्बन्धी सम्झौतापत्रमा ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार ओम मेगाश्रीको १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता सेयर प्रभु क्यापिटलले निष्काशन गर्नेछ । कम्पनीले जारी पुँजी ४० करोडमध्ये ३० करोड संस्थापकहरूबाट चुक्ता भइसकेको अवस्थामा १० करोडको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले ५६ प्रकारका औषधि उत्पादनका लागि प्रक्रिया सुरु गरेकोमा हाल ३१ प्रकारका औषधिका लागि अनुमति पाइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?