अमेरिकी सहायकमन्त्री एलिजाबेथ भोलि नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने हुनुभएको छ ।

उहाँ नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा उहाँले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा बिगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ ।

यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका बिषयक कार्यक्रममा पनि उहाँको सहभागीता रहने विज्ञप्तिमा जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?