वासिङ्टन डिसी । कोपा अमेरिकामा कोलम्बियाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा कोलम्बियाले पाराग्वेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक-एक गोल गर्नुभयो । ३२औँ मिनेटमा मुनोजले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभएको थियो । ४२औँ मिनेटमा जेफरसनले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । ६९ औँ मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सक्नुभएन ।
जितसँगै कोलम्बियाले समूह ‘डी’मा तीन अंक लिएको छ । कोपा अमेरिकाअन्तर्गत आफ्नो पहिलो खेलमा उपाधि दाबेदार ब्राजिलले भने कोस्टारिकासँग बराबरी खेलेको छ । अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकासँग गोलरहित बराबरी खेलेको हो ।
बराबरीसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् । खेलमा ब्राजिलले एकपक्षीय आक्रमण गरे पनि गोल भने गर्न सकेन । ब्राजिलले पहिलो हाफमा बललाई कोस्टारिकाको पोस्टभित्र प्रहार गरे पनि भिएआरको सहयोग लिँदै रेफ्रीले गोललाई मान्यता दिएनन् । त्यसपछि ब्राजिलले गोल गर्न सकेन । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच