पेरिस । विश्वभर अधिकतम गर्मी मापन भएसँगै जलवायु परिवर्तनले निम्त्याएको जंगली आगलागीको बढ्दो उग्रताका लागि संसार तयार नरहेको वैज्ञानिकहरू बताएका छन् । यस मौसमको सुरुमा टर्की, क्यानडा, ग्रिस र संयुक्त राज्य अमेरिकाको जंगलका धेरै भागहरूमा आगलागी भइसकेको छ । हालैका वर्षमा आगलागी नियन्त्रणका लागि अतिरिक्त स्रोतहरू प्रयोगमा ल्याइए पनि योजना र तयारी पर्याप्त नभएको विज्ञहरूले बताएका छन् ।
मौसमी अवस्थासहित धेरै कारकको अध्ययनअनुसार आगलागीको परिणाम कति नराम्रो हुन्छ भनेर भविष्यवाणी गर्नु वा कहाँ र कहिले विपद् निम्तिन्छ भनी आंकलन गर्नु चुनौतीपूर्ण हुनसक्छ । तर, समग्रमा, जंगलमा आगलागी ठूलो हुँदै गइरहेको छ र अझ गम्भीर रूपमा बढिरहेको छ । यस्तो चरम घटनाहरूको आवृत्ति र तीव्रताको जाँच गर्ने लेखक डोएरले भन्नुभयो । जुनमा प्रकाशित एउटा छुट्टै अध्ययनका अनुसार चरम जंगली आगोको आवृत्ति र परिमाण विगत २० वर्षमा दोब्बर भएको देखिन्छ ।
संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको सन् २०२२ को प्रतिवेदनअनुसार शताब्दीको अन्त्यसम्ममा विश्वभर चरम जंगली आगोको संख्या ५० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । डोएरले मानव समुदायले अहिलेसम्म यो वास्तविकताको सामना नगरेको बताउनुभयो ।
‘हामी अहिले सामना गरिरहेका अवस्थाका लागि स्पष्ट रूपमा तयार छैनौं । भूमि प्रयोग र आवास विकासजस्ता अन्य कारकहरूले यस अवस्थाका लागि ठूलो भूमिका खेल्ने भए तापनि जलवायु परिवर्तन एक प्रमुख चालक हो’, उहाँले भन्नुभयो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच