ओखलढुंगा । ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं ५ मा पहिरोले घर पुर्दा आमाको घट्नास्थलमै मृत्यु भएको छ । बाबुछोरी घाइते भएका छन् ।
रातीदेखि अविरल परेको वर्षाका कारण १२ गते विहान वडा नं ५ थुम्की निवासी बाबुराम खत्रीको घरगोठ पहिरोले पुरेको हो । घरमा सुतिरहेको बेलामा पहिरोले पुर्दा तीन जना सदस्य मध्ये ३९ वर्षिय बाबुराम खत्री र उहाँकी छोरी १८ वर्षिय मेनुका खत्रीको घाइते अवस्थामा निकालिएको र श्रीमति ३५ वर्षिय देवकुमारी खत्रीको मृतावस्थामा लास निकालिएको प्रहरीले जनाएको छ ।
घाइतेलाई स्थानिय मेडिकलमा उपचार भईरहेरको र लासलाई घट्नास्थलबाट बाहिर निकाली सुरक्षीत गरी आवश्यक कानूनी प्रकृया शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । गोठबाट ३ वटा भैसी र १४ वटा बाख्रा जिवितै उद्धार गरिएको बताएका छन् । गम्भिर घाइते भएका बाबुराम खत्री अचेत अवस्थामा रहेका छन् ।
बाबुरामले रगत छादीरहेको र छोरी सामान्य बोल्ने अवस्थामा रहेको स्थानियबासीले बताएका छन् । बाबु छोरीलाई थप उपचारको लागि हेलीकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी भईरहेको चिशंखुगढी गाउँपालिका उपप्रमुख सन्तोषबाबु थापाले जानकारी दिनुभयो । ८÷९ घर भएको उक्त बस्तीमा बाबुरामको घर र गोठ मात्रै पुरेको छ । अन्यघरहरु पनि जोखिममा रहेको जिल्ला समन्वय समितिका सदस्य गोपालमान थापाले जानकारी दिनुभयो । पहिरोको जोखिममा रहेका स्थानियलाई सतर्क रहन पनि आग्रह गरिएको छ ।
- राजकुमार कार्की
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच