मुगु । मुगु जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले आफ्नो बजेटमा प्राथमिकतामा रहेका योजना सार्वजनिक गरेको छ ।
गत ७ गते नीति तथा कार्यक्रम पास गर्दै आफ्नो १५ औ नगरसभा उदघाटन गरेको नगरसभाले त्यस यता बजेट माथी नगरसभा सदस्य विच छलफल र सहमती गर्दै आएको थियो ।
वुधबार आथिक वर्ष २०८१/०८२ का लागि ६० करोड २६ लाख ७१ हजार ९२९ रुपैयाँको बजेट सार्जनिक गरेको छ ।
सार्वजनिक गरिएको बजेट अनुसार कर्णाली प्रदेश सरकारबाट प्रदेश समानिकरण शिर्षकमा १ करोड ४१ लाख ५८ हजार,राजश्व बाडफाड २७ लाख ४७ हजार ९२९ रुपया,शशर्त अनुदान ४ करोड ८८ लाख ३३ हजार,प्रदेशबाट आँखा अस्पताल बनाउन समपुरक अनुदान ४८ लाख,प्रदेश चैन झुलुङ्गे पुल समपुरक अनुदान ४८ लाख प्राप्त हुनेछ ।
यस्तै संघीय सरकारबाट समानिकरण शिर्षकबाट ११ करोड ७९ लाख,राजश्व बाडफाडबाट ११ करोड २३ लाख,शशर्त अनुदान २७ करोड ६० लाख ९३ हजार,समपुरक अनुदान सुम्ली वेलिबृज ६० लाख प्राप्त हुने नगरप्रमुख विष्णु कुमार भामले जानकारी गराउनु भयो ।
उहाँका अनुसार आगामी आथिक वर्षमा १ करोड ५० लाख नगरपालिकाले आन्तरिक राजश्व उठाउने लक्ष्य लिएको छ ।
नगरपालिकाले नगर गौरवका योजनाका रुपमा खुल्ला मन्च बनाउन जग्गा प्राप्तिका लागि मुहब्जा दिन २ करोड,गुम्बा निर्माण गर्न ५० लाख छुट्याइएकाे छ ।
नगर पालिका भित्र रहेका ८७ बस्तिहरुमा एक घर एक धाराको अभियान चलाउदै आएको छायानाथले जनताका घर घरमा खानेपानी पुर्याउन पुर्वाधार निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।
नगरपालिकाका प्राय: सबै बस्तिहर सडक सन्जालमा जोडिए पनि मुगु कर्णाली पारी रहेको सुम्ली गाउँमा सडक पुग्न सकेको छैन । पालिकाको एक गाउँ सडक संजालबाट बाहिर नहोस भनेर यसपाली मुगु कर्णाली माथी विलिवृज बनाइ सुल्ली गाउँसम्म सडक पुर्याउन ५ करोड बहुबर्षिय योजना बनाएको नगरप्रमुख भामले बताउनु भयो ।
जिर्ण रहेका नगर भित्रका विधालयहरुमा पक्की भवन बनाउन १ करोड सन्तानब्य लाख रकम छुटाएको छ । समग्रमा पुँजिगततर्फ ३१ करोड १४ लाख ३० हजार र चालू तर्फ २९ करोड ११ लाख ७० हजार बजेट छायानाथ रारा नगर पालिकाले आथिक वर्ष २०८२/०८२ का लागि छुटाएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच