शाओमीले सुरु गर्‍यो ‘एमआई मिसन शिक्षा’

Read Time = 2 mins

काठमाडौं । शाओमीले मैत्रेय फाउण्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउण्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो । दुवै संस्था गोदावरीमा छन् । शाओमी नेपाल अप्ठ्यारोेमा परेकालाई सहयोग गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय छ भने समुदायको सेवाका लागि धेरै कल्याणकारी कार्य गर्दै आएको जनाएको छ ।

शाओमीले समुदायमा सक्रियरूपमा विभिन्न सामाजिक कल्याणकारी कार्यक्रम आयोजना गर्दै आएको छ । कर्पोरेट सामाजिक उत्तरदायित्वका एक भागका रूपमा मैत्रेय फाउण्डेसन र लभ लाइट सोसाइटीलाई दुई सयभन्दा बढी स्कुल ब्याग, स्टेसनरी सामान, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजर प्रदान गरेको छ । कम्पनीका तर्फबाट नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘हाम्रो उद्देश्य सकेसम्म धेरै मानिससम्म पुग्नु र विद्यार्थीको शिक्षाका लागि समावेशी वातावरण सिर्जना गर्नु हो । हामीले यसलाई हाम्रो मिसन शिक्षा बनाएका छौँ । यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ । यस्ता कार्यक्रमले व्यवसायलाई दीर्घकालीनरूपमा समाज, सर्वसाधारण र कम्पनीकै आवश्यकता सम्बोधन गर्छन् भन्नेमा हामी विश्वास गर्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?