बुद्धको मुर्तिसहित ३ जना पक्राउ

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बाँके । बाँकेमा बुद्धको मूर्ति बोकेर हिड्दै गरेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका-८ ढकेरी बाट पक्राउ गरिएको हो । बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उनीहरूलाई चेकजाँचका क्रममा मूर्तिसहित पक्राउ गरिएको हाे ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ का ५० वर्षीय खिमबहादुर कवर, सोही ठाउँकका ५० वर्षीय रामु न्यौपाने र  दाङको घोराही उपमहानगरपालिका-१५ का निमबहादुर कवर पक्राउ रहेका छन ।

ॐ नमः शिवाय लेखिएको मूर्ति पँहेलो धातुको रहेको छ । जस्को पिधको गोलाइ १ फिट ६ इञ्च, पिधदेखि शिरसम्मको उचाइ ९ इञ्च, तौल ८ किलो ६८० ग्राम रहेको छ । मूर्ति पँहेलो धातु बाट निर्मित भएपनि अधिकांश भागमा कालो पालिस लगाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?