‘सकारात्मक सोधखोज’ सम्बन्धि तालिम सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कान्तिबाल अस्पतालको आयोजना तथा नेश्नल इस्टिच्युट फर क्यारियर डेभ्लपमेन्ट मिडिया हाउसको व्यवस्थापनमा ‘सकारात्मक सोधखोज’ सम्बन्धि तालिम आयोजना गरिएको छ ।

काठमाडौंको होटल हिमालय लाजिम्पाटमा दुई दिने तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन कान्तिबाल अस्पतालका अध्यक्ष डा. बाबुराम गौतमले गर्नुभएको थियो भने समापन साउन्ड थेरापिष्ट मंगलमान मर्हजनले गर्नुभएको छ ।

डा. गौतमले तालिमले सकारात्मक सोचको एउटा तरंग ल्याउने र कर्मचारीहरूको काम गर्ने जोश जाँगरमा थप उर्जा पुग्ने बताउनुभएको थियो । तालिममा डाक्टर, स्टाफनर्स, कर्मचारी तथा अन्य भूमिकामा काम गर्ने ४० जनाको सहभागीता रहेको थियो ।

तालिमका क्रममा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. मदनकुमार उपाध्यायले यस्ता तालिम हरेक क्षेत्रमा गर्न आवश्यक रहेको औल्याउनुभयो । उहाँले तालिमका सहभागीहरूलाई आफूले सिकेको ज्ञानलाई कार्यक्षेत्रमा लागू गर्न पनि सुझाव दिनुभएको थियो ।

तालिममा डाक्टर, स्टाफनर्स, कर्मचारी तथा अन्य भूमिकामा काम गर्ने ४० जनाको सहभागीता रहेको थियो ।

कान्तिबाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले तालिमका बारेमा स्पष्ट पार्दै तालिमले सबैजनाको काम गर्ने जाँगर र गुणस्तर बढ्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कान्तिबाल अस्पतालकै विकास समिति सदस्य कपिल देव लामिछानेको पनि उपस्थिति रहेको थियो ।

यता, नर्सिंग विभागकी प्रमुख सहप्राध्यापक रोशनीलक्ष्मी तुई तुईले सकारात्मक सोंचको तालिमले सकारात्मक परिणाम आउनेमा आफू विश्वस्त रहेको भन्दै सहभागीहरूलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा नेश्नल इस्टिच्युट फर क्यारियर डेभ्लपमेन्ट मिडिया हाउसकी कार्यकारी निर्देशक सहनशीला शर्माले खादा ओडाएर अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । बरिष्ठ प्रशिक्षक रुपेन्द्र मर्हजनले प्रशिक्षण दिनुभएको तालिमको संयोजन अशेष खनाल र उज्ज्वलराज गौतमले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?