काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो । उहाँले विभिन्न समयमा स्वास्थ्यकर्मीहरुमाथि धाक, धम्की तथा आक्रमण हुने गरेको भन्दै स्वास्थ्यकर्मीहरु माथिको त्यस्तो व्यवहार अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्नेलाई हिरासतमा लिएर अनुसन्धान शुरु गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरेर स्वास्थ्यकर्मीहरुलाई निर्धक्क भएर बिरामीको उपचारमा काम गर्ने बातावरण बनाइयोस् । कापिँरहेको हातले उपचार गर्न सक्दैनँ । डराएको मस्तिष्कले उपचार गर्न सक्दैन । जसरी सुरक्षाकर्मीहरुमाथि हातपात गर्दाखेरी त्यो कसुर गर्ने व्यक्तिलाई पहिले हिरासतमा लगिन्छ, त्यसपछि अनुसन्धानको प्रक्रिया सुरु हुन्छ । त्यसरी नै स्वास्थ्यकर्मी भनेका राष्ट्रका सेवक हुन् । उपचार गर्ने व्यक्ति हुन् । उनीहरुलाई हातपात गर्नेलाई पनि पहिला हिरासतमा लग्नुपर्छ र अनुसन्धानको प्रक्रिया शुरु गर्नुपर्छ ।’
त्यस्तै प्रतिनिधि सभाको विशेष समयमै बोल्दै नेकपा(एमाले)का सांसद अच्युतप्रसाद मैनालीले देशभरका २५९ पालिकाहरुमा प्रमुख प्रकाशकिय अधिकृत नखटिँदा त्यहाँको सेवा प्रवाहमा समस्या भइरहेको बताउनु भयो । उहाँले कनिष्ठ कर्मचारीलाई निमित्त दिएर पठाउँदा स्थानीय सरकारमा बेथिति भइरहेको बताउनु भयो ।
उहाँले स्थानीय सरकारहरु आर्थिक अनुशासनमा बस्न नसकेका बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच