काठमाडौं । नेपाल आर्मीले पाँचौँ गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगताको उपाधि जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनलमा आर्मीले नेपाल प्रहरी क्लबलाई ५-१ गोलअन्तरले पराजित गर्यो । आर्मीका प्रदीप राजवंशीले ४ गोल गर्नुभयोे । अर्को गोल दीपेन्द्र ऐरले थप्नुभयो । प्रहरीका रोमन रानाले सात्वना गोल फर्काउनुभयो । आर्मीका मनोज चौधरी फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित हुनुभयो । उपाधिसँगै आर्मीले ५० हजार नगद पुरस्कार पायो भने प्रहरीले ३० हजार नगद पुरस्कार हात पारेको छ ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ७-१ गोलले हराउँदै तेस्रो भयो । गण्डकीका लागि ‘प्लेयर अफ द म्याच’ असिमले हृयाट्रिक गर्नुभयो भने प्रेम विकले २ तथा कुशल नेपाली र पवन परियारले समान १-१ गोल गर्दै जित अन्तर फराकिलो बनाउनुभयो । गण्डकीले १५ हजार नगद पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगितामा दीपेन्द्र ऐर उत्कृष्ट खेलाडी, पुरन ओली उत्कृष्ट गोलरक्षक र रोशन चौधरी उत्कृष्ट डिफेन्डर घोषित हुनुभयो भने प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता बन्नुभयो । उत्कृष्ट चारै आर्मीका हुन् । कर्णालीका सुशान्त रोकाय उदीयमान खेलाडी चुनिनुभयो । पाँचैजनाले जनही पाँच हजार नगद पुरस्कार प्राप्त गर्नुभयो ।
विजेतालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा, पूर्वसभासद शारदा पौडेल, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य-सचिव श्रीधर शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयोे । तीनदिने प्रतियोगितामा दुई विभागीय र ६ प्रदेश गरी आठ टिमको सहभागिता रहेको आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच