बर्लिन । युरोकप-२०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल सकिएसँगै अन्तिम १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो । सहभागी २४ टोलीमध्ये आठ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्याण्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्याण्ड, युक्रेन र चेकिया समूह चरणबाट बाहिरिएका हुन् ।
युरोमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको थियो । समूह चरणको खेलपछि ६ वटै समूहको समूह विजेता र उपविजेता गरी १२ टोली सिधै अन्तिम १६ मा पुग्दा तेस्रो हुने ६ मध्ये उत्कृष्ट चार टिमले पनि अन्तिम १६ मा स्थान बनाएका हुन् । चार समूहबाट ३-३ तथा दुई समूहबाट २-२ टोली नकआउट चरणमा पुगेका हुन् ।
समूह ‘ए’ बाट घरेलु टोली जर्मनी र स्विट्जरल्याण्ड, समूह ‘बी’ बाट स्पेन र इटली, समूह ‘सी’ बाट इंग्ल्याण्ड र डेनमार्क, समूह ‘डी’बाट अष्ट्रिया र फ्रान्स, समूह, ‘ई’ बाट रोमानिया र बेल्जियम तथा समूह ‘एफ’ बाट पोर्चुगल र टर्की क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
यस्तै, समूह ‘सी’ बाट सल्भेनिया, समूह ‘डी’ बाट नेदरल्याण्ड्स, समूह ‘ई’ बाट सल्भाकिया र समूह ‘एफ’ बाट जर्जिया तेस्रो हुँदै अन्तिम १६ मा पुगे । समूह ‘ए’ मा तेस्रो भएको हंगेरी र समूह ‘बी’ मा तेस्रो भएको क्रोएसिया भने अगाडि बढ्न सकेनन् ।
फ्रान्स र बेल्जियम अन्तिम १६ मै भिड्ने
समूह चरणमा केही अप्रत्यासित नतिजा आउँदा नकआउट चरणको समीकरण पनि रोमाञ्चक बन्ने भएको छ । जसमा फ्रान्स र बेल्जियमबीच अन्तिम १६ मै भिडन्त हुने भएको छ । यस्तै, साबिक विजेता इटलीले अन्तिम १६ मा स्विट्जरल्याण्ड्सँग खेल्नुपर्नेछ ।
फ्रान्स र बेल्जियमसहित आयोजक जर्मनी, फ्रान्स, पोर्चुगल एकै पुलमा छन् । यी टोलीहरूमध्येबाट एक टोलीमात्र फाइनल पुग्नेछन् । अर्कोतर्फ इटली, इंग्ल्याण्ड र नेदरल्याण्ड्सबाट एक टोली फाइनल पुग्नेछ ।
अन्तिम १६ मा जर्मनीले डेनमार्कसँग खेल्दा स्पेनले पहिलोपटक युरो खेलिरहेको जर्जियासँग खेल्नेछ । यी दुई खेलको विजेता क्वाटरफाइनलमै भेट हुनेछन् । यस्तै, पोर्चुगलले स्लोभेनियासँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स र बेल्जियमबीचको विजेतासँग खेल्नेछ । अर्कोतर्फ रोमानियाले नेदरल्याण्ड्सको सामना गर्दा अष्ट्रिया र टर्कीबीच खेल हुनेछ । यस्तै। इंग्ल्याण्डले स्लोभाकियासँग खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच