सौगात र सलोनको ‘घनचक्कर’ ट्रेलर

Read Time = 2 mins

काठमाडौं । एकपछि अर्को नेपाली चलचित्र प्रदर्शन हुनेक्रममा अर्को नयाँ नेपाली चलचित्र ‘घनचक्कर’ पनि प्रदर्शनकै लाइनमा छ । सौगात मल्ल, सलोन बस्नेत र जेबी डिसीको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

दुई मिनेट २९ सेकेण्ड लामो ट्रेलरमा युवाहरूको पैसा र प्रेम मोहलाई प्रस्तुत गरिएको छ । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गर्नुभएको हो ।

चलचित्रमा अनुपम द्विवेदी, अनुपजंग खड्का र सन्तोष सेढाई सहनिर्माताको रूपमा रहनुभएको छ । चलचित्रमा सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुसाल, जनक घर्तीमगर, दामोदर पौडललगायतको अभिनय छ ।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रम अर्जुन सिंहको कथा, काजी लिम्बूको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?