काठमाडौं । कोपा अमेरिका फुटबलमा उरुग्वेले शानदार जित गर्दा गरेको छ । समूह ‘सी’ अन्तर्गत आज भएको खेलमा उरुग्वेले बोलिभियालाई ५–० गोलले हराएको हो ।
उरुग्वेका लागि फाकुण्डो पेलिस्ट्री आठौं, डर्वीन नुनेजले २१ औं, म्याक्सिमिलियानो अरौजो ७७ औं, फेडेरिको भल्भर्डले ८१ औं र रोड्रिगो बेनटेनकरले ८९ औं मिनेटमा समान एक गोल गरे । यो जीतसँगै उरुग्वे तीन खेलबाट नौ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ ।
यस्तै आजै भएको पहिलो खेलमा पानामाले अमेरिकालाई हराएको छ । मर्सिडिज वेञ्च स्टेडियममा आज भएको खेलमा पानामाले अमेरिकालाई २–१ गोल अन्तरले हराएको हो ।
अमेरिकाका लागि फोलारिन बलोगनले खेलको २२ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । पानामाका केशर ब्ल्याकम्यानले २६ औं मिनेटमा गोल गरेर खेलमा बराबरी बनाए ।
त्यस्तै जीतका लागि खेलको ८३ औं मिनेटमा जोसे फर्डाजोले गोल गरेपछि पानामाले अमेरिकालाई हराउन पुग्यो ।हारपछि पनि अमेरिका दुई खेलबाट तीन अङ्कसहित दोस्रो, समान अङ्क भएको पानामा तेस्रो र पुछारमा रहेको बोलिभिया अङ्कविहिन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच