नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौं : माधवकुमार नेपाल

फाइल तस्बिर

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पार्टी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प आफुहरुले लिएको बताउनुभएको छ ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ पारेर शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीका सबै नेता, कार्यकर्ताले महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएको बताउनुभएको हो । अध्यक्ष नेपालले महाधिवेशनको तयारीको काम अन्तिम चरणमा पुगेको पनि बताउनु भयो । उहाँले कम खर्चमा पार्टीको महाधिवेशन सम्पन्न गर्ने पनि बताउनु भयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसर दावी भएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई जोगाएर अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प गरेका छौं । नेता, कार्यकर्ताहरु त्यही दिशामा अघि बढिरहनुभएको छ । तयारीको काम लगभग अन्तिम, अन्तिम चरणमा पुगेको छ । कम खर्चमा यो समारोहालाई भव्यताका साथ सम्पन्न गर्ने योजनामा छौं ।’

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा कुराकानी छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वभाविक भएको बताउनु भयो । उहाँले गुटबन्दी पार्टीमा नहोस भन्ने कुरामा आफूहरु सचेत रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?