लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

फाइल तस्बिर

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

बुटवल । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन हुनुभएको छ ।

संस्थापन पक्षका चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन हुनुभएको हो । दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री हुनुहुन्छ ।

कांग्रेस संसदीय दलको नेताका लागि चार सांसद आकांक्षी देखिएका थिए।

चौधरी, राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर राना संसदीय दलको नेता बन्न आकांक्षी भए पनि डिल्लीबहादुर सर्वसम्मत चयन हुनुभएका हो ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?