काठमाडौं । हिटाकर्मी गीता अधिकारीलाई सम्मान गरिएको छ । उहाँलाई शनिबार राजधानीमा भएको एक विशेष समारोहमा सम्मान तथा पुरस्कार अर्पण गरिएको हो । वरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’ले आफ्ना स्व.हजुरबुबा-हजुरमुमा तथा स्व.बुबाआमाको सम्झनमा स्थापना गर्नुभएको नगद राशीसहितको सम्मान उहाँलाई अर्पण गरिएको हो । अधिकारीलाई वरिष्ठ कलारका मदनकृष्ण श्रेष्ठ र केसीले माला, खादा, सम्मान पत्र र पुरस्कार राशी अर्पण गर्नुभएको थियो ।
सो अवसरमा हास्यकलाकार नरेन्द्र कंस्कार, तैयव शाह, धनराम मुस्कान र नवहास्यकलारमा दिनेश काफ्ले एवं सीता न्यौपाउने, चरित्र खलनायकतर्फ राजकुमार साह, समाजसेवीतर्फ मेघबहादुर सुवेदी र ओमबहादुर केसीलाई सम्मान अर्पण गरिएको थियो ।
हास्यकलाकार केसीले आफ्नो जन्मदिनको अवसरमा हरेक वर्ष यो कार्यक्रम गर्दै आउनुभएको छ । हास्यकलाकार केसीले असार १५ लाई कलाकारले भेटघाट गर्ने दिनको रूपमा मनाउने गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच