
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको प्रयास भइरहेको बताउनु भएको छ ।
आइतबार दिउँसो एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महाधिवेशनबाट माओवादी केन्द्रसँग एकता गर्ने वातावरण सिर्जना होस् भन्ने अपेक्षा गर्नुभएको हो ।
‘नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौैं’, उहाँले भन्नुभयो, ‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस् ।’
उहाँले एकीकृत समाजवादीको राजनीतिक दस्ताबेजमा आफूहरुलाई मित्र पनि र अस्थिर पनि भनेकोप्रति टिप्पणी गर्दै भन्नुभयो। ‘हामीलाई दस्तावेजमा अस्थिर भन्नु भएको छ। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुने थिएन,शान्ति सम्झौता पनि हुने थिएन। यो प्रक्रियामा पनि यहाँ आइपुग्ने थिएनौं। गतिशित कुरालाई अस्थिरताको आरोप लगाउने होइन।’ उहाँले भन्नुभयो,‘जसलाई सम्मान गर्नुपर्ने हो, त्यसलाई अपमान गर्नुभयो भने राम्रो होइन। सच्याउनुहोला।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच