काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघमा अर्जुन रसाइलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । असार १४ र १५ गते काठमाडौंमा आयोजित महासंघको नवौँ, १०औँ र ११औँ वार्षिक साधारणसभा तथा चौथो महाधिवेशनले रसाइलीको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचनमा कुल चार सय ४६ मतदाता थिए । त्यसमध्ये चार सय ३५ मत खसेको थियो । नवनिर्वाचित अध्यक्ष रसाइलीले दुई सय ५० मत प्राप्त गर्नुभयो भने प्रत्यासी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले एक सय ८४ मत प्राप्त गर्नुभएको थियो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दियशरत्न शाक्य, प्रथम उपाध्यक्षमा धर्मसुन्दर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बुद्धि दियाली, तृतीय उपाध्यक्षमा रूपदल विश्वकर्मा, एसोसिएट्स उपाध्यक्षमा पवन सोमानी र महासचिवमा किरणभाइ बज्राचार्य निर्वाचित हुनुभयो । कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित हुनुभएको महासंघले जनाएको छ ।
प्रत्येक प्रदेशबाट दुईजनाका दरले निर्वाचित हुने सदस्यमा कोशीबाट राजकुमार गुप्ता र जयप्रकाश गजमेर, मधेशबाट विकासकुमार सारडा र मनोजकुमार सर्राफ, बागमतीबाट प्रकाशचन्द्र शाक्य र जीवन शाक्य, गण्डकीबाट हिमबहादुर विश्वकर्मा र विनोदकुमार विक, लुम्बिनीबाट भीमसिंह विके र सञ्जय सोनी, कर्णालीबाट ज्ञानेन्द्रबहादुर विश्वकर्मा र मेघराज सुनार तथा सुदूरपश्चिमवाट गणेशबहादुर सुनार र रमेशबहादुर सुनार निर्वाचित भएका छन् ।
नगर संघबाट विमल कुमार बेगवानी, टिकाराम लामगादे र दिनेशसाह सोनार निवाचित भएका छन् भने खुला सदस्यतर्फ निर्वाचित हुनेमा जीवनज्योति विश्वकर्मा, राजेन्द्र सुनार, चेतनारायण विश्वकर्मा, राजभाइ बज्राचार्य, नरेन्द्र विश्वकर्मा, मनकाजी विश्वकर्मा, लोमबहादुर सुनार, हेमराज शाक्य र ताराबहादुर सुनार रहेका छन् । महिलातर्फ सीता विश्वकर्मा र रितु विश्वकर्मा, वस्तुगततर्फ चित्रबहादुर महाल र एसोसिएट्सतर्फ सुजित शाक्य निर्वाचित भएका छन् । महासंघको निवर्तमान अध्यक्षमा माणिकरत्न शाक्य रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच