नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका यस बर्षमा दुई वटा वडा पोषण मैत्री स्वास्थ्य सस्था घोषणा भएका छन् । बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले वडा नम्बर ८ र ६ लाई पोषण मैत्री वडा घोषणा गर्नु भएको हाे ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढेको बताउनु भयो । 'वडा पोषण मैत्री घोषणा गर्न र घोषणा गरेपछि यसको निरन्तरता र दिगोपन राख्न चुनौती रहेको छ ।' श्रेष्ठले भन्नुभयो । आम वडाबासी जिम्मेवार भएर दिगोपनका लागि लाग्नु पर्ने श्रेष्ठको भनाइ छ ।
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले स्वास्थ्य क्षेत्रमा बर्दघाट नगरपालिका लुम्बिनी प्रदेश र राष्ट्रमै उल्लेखनिय काम भएको बताउनु भयो । नगरका स्वास्थ्य शाखा र अस्पताल नै लुम्बिनी प्रदेशमा अब्बल रहेको छन् । आगामी दिनमा निरन्तरताका लागी चुनौती रहेकोको उल्लेख गर्दै पोषण मैत्री स्वास्थ्य सस्था घोषणा हुनु मानवीय विकासको सुचाङ्क राम्रो देखिने बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले पोषण मैत्री वडा भित्र जन्मेका र जन्मिने वालवालिकाहरुको भबिष्य राम्रो हुने सुनिश्चितता भएको बताउनु भयो । ' बालबालिका, आमाहरु र परिवार नै स्वास्थ्य हुने सुनिश्चितता हुन्छ ।' खनालले भन्नुभयो । नगरपालिकाहरु मध्येमा नेपालकै पहिलो पुर्ण संस्थागत सुत्केरी नगर घोषणा भएको बर्दघाट नगरपालिका अब पोषण मैत्री नगर हुने योजनामा रहेको छ । बर्दघाटमा १८ महिनाको अथक प्रयासबाट पोषण मैत्री वडा घोषणा भएको बर्दघाट नगरका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भयो । 'नगर अब किशोर किशोरी मैत्री घोषणा प्रक्रियामा छौं । आधारभुत स्वास्थ्य सेवा वार्डबाट नै दिने प्रयास गरिएको छ ।' ज्ञवालीले भन्नुभयो ।
वडा नम्बर ८ का वडा अध्यक्ष कबिराज आचार्यले पुर्ण सस्थागत पोषण मैत्री स्वास्थ्य सस्था घोषणाले वडा बासीमा एक जिम्मेवारी थपिएको बताउनु भयो । बर्दघाट ०८ अब आगामी दिन बाल मैत्री वडा घोषणाको अन्तिम तयारीमा रहेको उल्लेख गर्नु भयो । एक हजार दिनका आमाहरुलाई पोषण सम्बन्धि अभिमुखिकरण, स्तनपान मैत्री कार्य स्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्दता लगायतका १८ वटा सुचाङ्कहरु पुरा गरेका छन् । अन्न, गेडागुडी, पशुपक्षी जन्य खानेकुरा र फलफूल तथा तरकारीहरु गरि जस्ता खाने कुराहरूको ब्यवस्थापन गर्ने गरि समुदायलाई अभिमुखिकरण गरिएको वडा नम्बर ८ का आधारभुत स्वास्थ्य चौकीका प्रमुख ज्ञानप्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
हरेक बार, खाना चार भन्ने अवधारणालाई अनुसार खाने कुराहरुका बारेमा जानकारी गराइएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ०९ प्रथम, वडा नम्बर ५ दोस्रो र वडा नम्बर ८ तेस्रो र वडा नम्बर ६ चौथो गरि ४ वटा वडाहरु पोषण मैत्री घोषणा भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच