काठमाडौं । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । गएराति भएको खेलमा स्लोभेनियालाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम ८ मा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । उक्त ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
पोर्चुगलको जितमा गोलरक्षक डिएगो कोस्टाले तीनवटा पेनाल्टी विफल पारेका थिए । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।
यस्तै सोमबार राति भएको रोमाञ्चक खेलमा बेल्जियमलाई १–० गोलले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितमा बेल्जियमले गरेको आत्मघाती गोल निर्णायक बन्यो ।
खेलको ८५ औं मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेका थिए । फ्रान्स युरोकपको उपाधि दावेदार टोली हो । खेलमा दुवै टोलीले गोलका केही सुन्दर अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच