काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस–एमालेको नयाँ गठबन्धनप्रति व्यंग्य गर्नुभएकाे छ ।
मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् उहाँले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको फोटो शेयर गर्दै ‘काले काले मिलेर खाँऊ भाले’ भनेर व्यंग्य गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ , ‘यो समय गिरिबन्धु चियाको हो काले काले मिलेर खाऊँ भाले !’
नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार राति दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो ।
सहमति अनुसार सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेको एमाले निकट स्रोतले बताएको छ । त्यसपछि कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्ने सहमतिमा उल्लेख छ ।
ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा एमालले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छ । भने कांग्रेसको भागमा गृहसहित १० मन्त्रालय परेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच