काठमाडौं । कृषि प्राविधिक कर्मचारी आन्दोलनमा उत्रिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा १० देखि २० वर्षसम्म सरकारी सेवामा कृषि प्राविधिक अधिकृतका रूपमा काम गरे पनि वृत्ति विकास हुन नसकेको भन्दै उनीहरूले चारबुँदे मागसहित आइतबारदेखि मन्त्रालयमै धर्ना सुरु गरेका हुन् ।
संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेको तीन सय २८ जनासमेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गरिनुपर्ने, संघमा समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका प्राविधिक कर्मचारीको न्यायोचित वृत्ति विकास सुनिश्चित हुुुनुपर्ने, कृषि सेवाको कृषितर्फका समूहको हकमा सम्मानित सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति हुन भएको परमादेश कार्यान्वयन हुनुपर्ने र संविधान र कार्य विस्तृतीकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्य विवरणका आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गरिनुपर्नेलगायतका माग रहेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलका अनुसार कृषि विकासतर्फ राजपत्रांतिक प्रथम प्राविधिक कृषितर्फ दरबन्दीमा २२ र पुलमा पाँच गरी जम्मा २७ जना, राजपत्रांकित द्वितीय प्राविधिक कृषितर्फ दरबन्दीमा ८१ र पुलमा एक सय एकजना गरी एक सय ८२, राजपत्रांकित तृतीय प्राविधिक कृषितर्फ दरबन्दीमा एक सय ७३ र पुलमा एक सय २७ गरी तीन सयजना रहेका छन् । राजपत्र अनंकितर्फ दरबन्दीमा एक सय १३ र पुलमा ९५ जना समायोजन भएका थिए । दरबन्दी, राजीनामा, अनिवार्य अवकाशलगायतका कारणबाट पद रिक्त हुँदासमेत पदपूर्ति नहुँदा विगत छ वर्षदेखि वृत्ति विकासको अवसर पाउनुपर्ने संवैधानिक तथा कानुनी अधिकारबाट समग्र कृषि प्राविधिक वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ । देशभर कृषि प्राविधिकहरू तीन सयभन्दा बढी रहेका बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच