![‘जादुमयी नम्बर’का बाबजुद निरीह प्रचण्ड](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Pm-Parchanda-Hita-fornt-page.jpg)
काठमाडौं । केन्द्रिय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले विराेध जनाउनुभएको छ ।
बुधबार बिहान पार्टी केन्द्रिय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गनुभएका महामन्त्री ढकालको प्रश्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि बिरोध जनाउनुभएको हो । उहाँले मुखमा कालो टेप टाँसेर सांकेतिक बिरोध जनाउनुभएको हो ।
उहाँले लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रशारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आएपनि बैठकले उहाँको प्रश्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरिरहेको छ ।
बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाउनुभएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
प्रतिवेदनमा रास्वपाले अहिलेकै अवस्थालाई अंगालेर जाँदा पार्टीप्रतिको नागरिकको आकर्षण घट्दै जाने कुरालाई उठाइएको छ । पार्टीले नयाँ निर्णय गरेर जानुपर्ने सुझाव महामन्त्रीको प्रतिवेदनमा छ ।
—न्युज एजेन्सी नेपाल
![कसरी सम्भव भयो कांग्रेस र एमालेबीच समझदारी ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Agreement-between-Congress-and-UML-Hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच